ब्लाष्टखबर । इटहरीबाट हराएको मोटरसाइकल सहित २ जना पक्राउ परेका छन् । मंसिर २८ गते इटहरी ६ स्थित बर्गर हाउसमा पार्किङ गरी राखेका अवस्थामा हराएको प्रदेश १(०५(००१ प ०२०७ नम्बरको मोटरसाईकल सहित चोरीमा संग्लग्न २ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

कार्यालयका अनुसार मोटरसाइकल हराएको भनि सुचाना पाएसंगै कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले मंगलबार राती ८ बजे नम्बर प्लेट परिर्वतन गरि कुदाइ राखेको अवस्थामा ईटहरी ९ बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा झापाको डाँगिबारीका १९ बर्षीय करण भनिने नगेन्द्र चौधरी र गौरादहका २१ बर्षीय बिजय चौधरी रहेका छन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।