धनकुटा । धनकुटामा करिव ३ महिना लामो सकसपछि कोरोना परिक्षण गर्ने पिसिआर मेसिन मंगलवार देखी स्थापना गरिएको छ ।

पिसिआर मेसिन मोलेकुलर ल्यावको संघीय सांसद राजेन्द्रकुमार राईले एक भव्य समारोहको बीच औपचारिक रुपमा समुद्धघाटन गरेका छन् । पिसिआर मेसिन राखिएको जिल्ला अस्पताल धनकुटाको भवनमा नवनिर्मित मोलेकुलर ल्याव (पिसिआर ल्याव) को संघिय सांसद राईले रिबन काटेर समुद्धघाटन गरेका हुन् ।

ल्यावको समुद्धघाटन गर्दै संघिय सांसद राईले निक्कै लामो संघर्षपछि धनकुटामा कोरोना परिक्षणको लागी पिसिआर मेसिन राख्न सफल भएको वताए । उनले सरकारले भाद्र महिनामै वजेट विनियोजन गरेपनि काम गर्दै जाँदा समय लागेको बताए । एक करोड लगानीमा धनकुटामा कोरोना परिक्षण गर्ने ल्याव राख्न सफल भएको र यो सफलतामा सबैको साथ रहेको भन्दै सहयोग गर्ने सवै निकायलाई धन्यवाद दिए ।

सो अवसरमा उनले पिसिआर मेसिन राखेसंगै जिल्ला अस्पताललाई अपग्रेड गर्न सहयोग पुगेको दावी गरे । स्वास्थ्य कार्यालयको तल्लो भवनमा हाल ल्याब निर्माण गरिएको छ । कार्यक्रममा ८५ लाखमा पिसिआर मेसिन खरिद गरिएको र ल्याव हल व्यावस्थापनको लागी १५ लाख गरी १ करोड वजेट खर्च भएको जिल्ला अस्पताल धनकुटाका निमिक्त सुपरीटेन्डेन्ट डा.पुजन विश्वकर्माले जानकारी दिए । उनले वुधवार देखी निःशुल्क पिसिआर परीक्षण गरिने बताए । हरेक दिन ३ सयको हाराहारीमा पिसिआर जाँच गरिने वताइएको छ । साथै, तत्काल जिल्ला अस्पताल धनकुटामा १० वटा भेण्टीलेटर स्थापनाको लागी २ करोड रुपयाँ विनियोजन भै कार्य अघि वढीरहेको पनि डा.विश्वकर्माले वताए ।

धनकुटा अस्पताल विकास समितिका अध्यक्ष टंक चौहानको अध्यक्षतामा सम्पन्न पिसिआर मेसिन समद्धघाटन समारोहमा प्रदेश सांसदहरु इन्द्रमणी पराजुली, निरन राई, लिला सुव्वा, आर्सी तुम्वा, धनकुटा न.पा.का प्रमुख चिन्तन तामाङ, प्रजिअ केशव प्रसाद विमली , प्रदेश स्वास्थ्य निर्देशक ज्ञानवहादुर वस्नेत लगायत सुरक्षा निकायका प्रमुखहरु, सरोकारवाला संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको कार्यक्रममा सहभागीले माक्स लगाए पनि भौतिक दुरीको नियम भने पालना गरेका थिएनन् ।