ब्लाष्टखबर ।  मोरङको सुनवर्सी नगरपालिकामा भारतबाट तस्करी गरी नेपाल भित्र्याइएको ट्याक्टर प्रहरीले बरामद गरेको छ ।

अन्दाजी १६ लाख मुल्य बराबरको भन्सार छलि गरी नेपाल भित्र्याइएको अनटेस्ट ट्याक्टर नगरपालिकाको ७ नम्बर वडा स्थित गुन्द्री चोकबाट प्रहरी चौकी बरडंगाबाट खटिएको गस्ती टोलीली फेलापारी नियन्त्रणमा लिइईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीद्धारा नियन्त्रणमा लिइएकाे उक्त ट्याक्टरलाई अवश्यक कारवाहिक लागी मुल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।