ब्लाष्टखबर । मोरङको धनपालथान गाउँपालिकाबाट चोरी पैठारी गरी भारतबाट ल्याएको ४९ बोरा चिनी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गाउपालिकाको ४ नम्बर वडा स्थित सुनिल राजबंशीको गोदाम अगाडी भारतबाट भन्सार छलि गरी चिनी ल्याई  नेपाली बोरामा खन्याउदै गरेको अवस्थामा रंगेली नगरपालिका वडा नम्बर १ बस्ने बर्ष २१ का अभिषेक कुमार साह, धनपालथान गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष १७ को दिपक कुमार मण्डल, बर्ष १८ को अर्जुन कुमार मण्डल र बर्ष १९ को रूपेश मण्डललाई पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ ।

chini

बरामद चिनी

विशेष सुचनाका आधारमा उक्त स्थान पुगेको प्रहरी टोलीले भारतको कुवाडीबाट अवैध रूपमा भन्सार छली गरेर चोरी पैठारी गरी ल्याई अन्दाजी १ लाख ४७ हजार मुल्य बराबरको ४९ बटा बोरोमा रहेको २ हजार ४ सय ६० केजी चिनी बरामद गरेकाे हाे । 

प्रहरीकाे टाेलीले उक्त चिनी भारतबाट नेपाल ल्याउन प्रयाग भएका को १८ प ५७४३, को २२ प १६४४, को ११ प ६६५९ नम्बरकाे ३ वटा मोटरसाइकलपनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मान बहादुर राईले जनाएका छन् ।

उनका अनुसार अनुसार बरामद गरिएको चिनी तथा मोटरसाइकल सहित पक्राउ परेका चारै जनालाई आवश्यक कारवाहीकालागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेको छ ।

चिनी ल्याउन प्रयोग गरिने मोसाहरू 4