भद्रपुर । झापाको शिवसताक्षी नगरपालिकाका एक व्यक्ति घाँटी रेटिएको घाइते अबस्थामा फेला परेका छन् ।

इलामको महमाईसँग सिमाना जोडिएको जङ्गलमा सोमबार दिउँसो १ बजेतिर शिवसताक्षी दुधेका ७२ वर्षिय धनबहादुर तामाङ घाँटी रेटिएको अबस्थामा घाइते फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेलाई उपचारका लागि बिर्तामोडको बिर्तासिटी हस्पिटल पठाइएको छ । उनलाई कसले हतियार प्रहार गर्यौ भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्सपेक्टर धु्रवनारायण श्रेष्ठले बताए ।