ब्लाष्टखबर । कटुवा पेस्ताेलसहित राैतहट जिल्लाकाे राजदेवी नगरपालिका-८ लक्ष्मीपुर गाउँबाट भारतीय नागरिक पक्राउ परेका छन् । 
 
तिघ्रामा एक थान कटुवा पेस्ताेल लुकाएर ल्याउदै गरेकाे अवस्थामा भारत सितामडी जिल्ला बरौनिया थाना मुसहर चोक बस्ने २१ वर्षीय नितेस कुमार पटेललाई शनिबार साँझ प्रहरी चौकी बेलबिछुवा र सशस्त्र प्रहरी बल नेपाल बिओपी बेलबिछुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पक्राउ गरेकाे प्रहरी चौकी बेलबिछुवाले जनाएकाे छ । 
 
पक्राउ परेका पटेलमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएकाे छ ।