ब्लाष्टखबर । रंगेली नगरपालिका ४ आमतोलाका माइनो सतारको धाको कुन्युमा आगो लगाउने पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोहि ठाउँका २५ वर्षीय अनिल मण्डल रहेका छन् ।

मण्डलले ०७५ साल फगुन १ गते खेतमा धान काटेर राखेको धानको कुन्युमा आगजनी गरेका थिए । उनलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले शुक्रबार सुनवर्षी नगरपालिका ६ गोविन्दपुरबाट पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ ।


कार्यालयका अनुसार पक्राउ परेका उनिमाथी थप अनुसन्धान भइरहको छ ।