बलाष्टखबर । चाँगुनारायणमा ४३ वर्षीया महिला मृत फेला परेपछि घटनाकाे अाशंकामा प्रहरीले ७ जनालाइ पक्राउ गरेकाे छ ।
चाँगुनारायण नगरपालिका–४ फूलबारीस्थित मिनबहादुर खत्रीकाे घरमा डेरा गरी बसेकी काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–३ की ४३ वर्षीया अन्तरीमाया थिङ बिहिबार मृत फेला परेकी थिइन् ।
श्रीमान र सात वर्षकी छोरीसँग काेठा भाडामा बस्दै अाएकी उनकाे शव उत्तानाे अवस्थामा साेहि घरमा डेरा गरी बस्ने कामदारहरूकाे काेठामा फेला परेकाे महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रवक्ता प्रहरी निरीक्षक सुवास बुढाथोकीले बताएका छन् ।
उनले उक्त काेठाभाडामा बस्ने सातै जनालाइ साेधपुछका लागि नियन्त्रणमा लिइएकाे बताएका छन् । अत्याधिक मदिरा सेवन गरेकाे अवस्थामा शव रहकाे बतउँदै प्रहरी निरीक्षक बुढाथोकी कामदारहरू काममा जाँदापनि काेठा खुल्लै छाड्ने गरेका ेखुलेकाे बताएका जानकारी दिएका छन्
घटनाको अनुसन्धान भइरहेकाले उनीहरुको परिचयसार्वजनिक नगरेको प्रहरी निरीक्षक बुढाथोकीले बताए।
पोष्टमार्टमका लागि उनको शव भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा लगिएकाे छ।