ब्लाष्टखबर । झापाकाे मेचीनगर नगरपालिकामा अन्दाजी ७० वर्षीया बृद्धा मृत अवस्थामा फेला परेकी छन् । झापाकाे मेचीनगर नगरपालिका-१३ चारआलीकाे पाउँ पाथीभरा मन्दिर अगाडि रहेकाे कल्भर्ट मुनी बिहान करिब ८:३० बजे मृत अवस्थामा फेला पारेकाे जिल्ला प्रहरी कार्यालय  झापाका डिएसपी राकेश थापाले बताएका छन् ।

डिएसपी थापाका अनुसार बृद्धाकाे हत्या आशंकामा भद्रपुर नगरपालिका-४ का ३५ वर्षीय विशाल बिर्जालाई नियन्त्रणमा लिएकाे छ । थापाले भने, 'शव फेला परेकाे भन्ने खबर आएपछि प्रहरी टाेली त्यहाँ पुगेकाे थियाे । घटनास्थलमा पुगेपछि प्रहरीलाई खबर दिने बिर्जालाई साेधपुछ गर्दा उनीमाथि शंका उत्पन्न भइ प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।'

बिर्जालाई प्रहरीले साेधपुछ गर्दा आफूले जबरजस्ती करणी गरेर घाँटी थिची हत्या गरेकाे प्रारम्भिक बयान दिएकाे थापाले बताए । थापाले घटनाबारे थप अनुसन्धानका लागि शव धरानस्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पाेष्मार्टमका लागि ल्याइएकाे जानकारी गराए ।