विराटनगर । विराटनगर – ९ जलजलामोडस्थित ‘वाइट हाउस’ को गोदाममा प्रहरीले छापा हानेर ठूलो परिमाणमा कपडा बरामद गरेको छ ।

मोरङ प्रहरीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो कपडाको व्यापार गर्ने ‘वाइट हाउस’को गोदाममा छापा हानेर झण्डै एक गाडी कपडा बरामद गरेको हो ।

प्रहरीले बरामद गरेको कपडा ७६ पोका भन्दा बढी रहेको बुझिएको छ । एक पोका एकपडामा एक सय पिस भन्दा माथि कपडा हुने स्रोतको दाबी छ । भारतबाट तस्करी गरिएको कपडा वाइट हाउसका संचालक बरुण साहले खरिद गरेको स्रोतको दाबी छ । ‘तस्करीका लागेका गिरोहले अवैध रूपमा कपडाहरू चोरबाटो हँुदै वाइट हाउसमा पु¥याउने गरेको प्रहरीले विशेष सूचना पाएको थियो,’ प्रहरीले स्रोतले भन्यो, ‘अवैध कपडा ठूलो संख्यामा भण्डान गरिएको जानकारी पाएपछि छापा हानिएको हो ।’

गोदाममा भण्डारण गरिएको कपडाको साहले बिल बिजक पनि देखाउन नसकेपछि प्रहरीले बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वमा खटिएको प्रहरी टोलीले सो कपडा बरामद गरेको हो । बरामद भएको कपडा प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ । कपडा बरामद गरेपछि प्रहरीले अहिले थप अनुसन्धान गर्दै आएको मोरङ प्रहरीका प्रवक्ता डिएसी मानबहादुर राईले जानकारी दिए । ‘छापा हानेर कपडा बरामद गरि ल्याएका छौं,’ डिएसी राईले भने, ‘अहिले कपडाको गणना भइरहेको छ । थप विषय प्रेस रिलिज गरि पठाउनेछौं ।’

हावाइट हाउसका संचालक बरुण साह हुन् । उनले अवैध कपडा नभएको दाबी गरेका छन् । ‘बिल लिएर प्रहरी कार्यालय जादैछु,’ उनले भने ।