विराटनगर । मोरङको मिक्लाजुङ्ग गाउँपालिकाका १ स्थितसरस्वती आधारभूत विद्यालयका प्रधानध्यापक राजेन्द्र श्रेष्ठको गोली हानेर हत्यागरेको भनिएको घटना धारिलो हतियार प्रयोग गरि घाँटी रेटेर हत्या गरेको पुष्टिभएको छ ।
मोरङ प्रहरीको टोली घटनास्थलमा पुग्दा ५४ वर्षियश्रेष्ठको दुबै हात बाँधेर घाँटी रेटेर हत्या गरेको अवस्थमा शव भेटिएको हो ।
प्रहरीको टोली घटनास्थलमा पुग्दा मतृकको दुबै हातबाँधेर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको १ नम्बरप्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी इश्वरबाबु कार्कीले जानकारी दिए ।
‘घटनास्थलमामोरङ प्रहरीको टोली केही बेर अगाडी पुगेको छ,’ डिआइजी कार्कीले ब्लाष्टसँगको फोन सम्पर्कमा भने, ‘घटनास्थलमा पुग्दा मृतकको घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या गरेको देखिएको छ ।
दुबै हात बाँधेको अवस्थामा पछाडी रहेको छ ।’ स्थानियले दिएकोजानकारीको आधारमा प्रहरीले श्रेष्ठको गोली हानेर हत्या गरेको जानकारी दिएकोथियो । शव भेटिएको स्थान मृतकको घरदेखि करिब एक किलोमिटरकोदुरीमा छ ।
मंगलबार बिहान ७ बजेको समयमा ४/५ जनाको संख्यामा आएको समूहले श्रेष्ठलाईघरबाट उठाएको सूचना आएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । श्रेष्ठलाई घरबाट उठाएर लगेको १ घण्टापछि गोली चलेको आवज पनि आएको स्थानीयले दिएको जानकारीलाई उद्धृत गर्दै डिआइजी कार्कीले बताए ।
‘स्थानियलाई गोलीपटकाएको आवजले तर्साएर धारिलो हतियार प्रयोग गरि हत्या गरिएको पाइयो,’घटनास्थलमा पुगेको प्रहरी स्रोतले भन्यो, ‘मृतकको घाँटीमा कति गहिरो धारिलोहतियार प्रयोग गरेको छ ।
त्यो पछि पुस्माटम रिपोटपछि खुल्नेछ ।’प्रदेश प्रहरी, मोरङ प्रहरीका डिएसपीसहितको टोलीघटनास्थलमा पुगेर अहिले अनुसन्धान भइरहेको डिआइजी कार्कीले जानकारी दिए । श्रेष्ठकोहत्या विप्लप समूहल गरेको प्रहरीले दाबी गरेको छ ।