ब्लाष्टखबर ।  पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३८२ जना काेराेना संक्रमित थपिएका छन् । याेसंगै नेपालमा कुल संक्रमितकाे संख्या २ लाख ४३ हजार ३७७ रहेकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे तथ्याङ्क रहेकाे छ । 

आज थप १ हजार ६२१ जनजा काेराेना संक्रमित संक्रमण मुक्त भएका मन्त्रालयले जनाएकाे छ । हालसम्म नेपालमा  २ लाख २९ हजार ५४ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार निको हुने दर ९४ दशमलभ १ प्रतिशत रहेको छ ।  नेपालमा १२ हजार ६ सय ८६ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

२४ घण्टामा थप २३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । हाल सम्म मृत्यु हुनेकाे संख्या १ हजार ६३७ पुगेकाे छ

आज ८ हजार ९ सय ४७ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले उल्लेख गरेकाे छ।