धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लक्ष्मीपुर-३, सप्तरीका ४२ वर्ष पुरुषको राती १०ः५० बजे मृत्यु भएको प्रतिष्ठानको सहप्रवक्ता डा.चुडामणी पोखरेल जानकारी दिए ।

उनलाई मंसिर २० गते वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकलाई उच्च रक्तचापको दीर्घ रोगी रहेको प्रतिष्ठानले जनाएको छ ।

मृतकको शव नियमअनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।