धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विर्तामोड-८ झापाकी ४५ बर्षीय महिलाको राती १२:२५ बजे मृत्यु भएको प्रतिष्ठानको सहप्रवक्ता डा.चुडामणी पोखरेल जानकारी दिए ।

उनलाई मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतक महिला मुटुका विरामी थिइन् ।

मृतकको शव नियमअनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।