विराटनगर/ विराटनगरस्थित न्यूरो हस्पिटलले संचालनमा ल्याएको कोभिड अस्पतालमा पीसिआर परीक्षणको शुल्क घटाएको छ ।

न्यूरोले सरकारले ताकेको भन्दा सस्तोमा कोरोना परीक्षण पिसिआर माध्यमबाट गर्ने भएको हो ।

सोमबारदेखि न्यूरोले अस्पतालमा आउनेहरूको १ हजार ७ सय ५० रुपैयाँमा परीक्षण न्यूरो हस्पिटलका अपरेडर डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । यसअघि न्यूरोले २ हजार रुपैया परीक्षणको शुल्क लिने गरेको थियो । न्यूरो हस्पिटलको संचालन समिकितको बैठकले पीसिआर परीक्षणको शुल्क घटाउने निर्णाय गरेको हो ।

विरामीलाई सैलियत दरमा उपचार गर्ने उद्देश्यले पीसिआर परीक्षणको मुल्य घटाएको हस्पिटलका मेडिकल अपरेटर डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । ‘सबै विरामीलाई स्वास्थ्यमा पहुच पु¥याउन हामीले पीसिआ परीक्षणको दर घटाएको हो,’ उनले भने । अहिले दैनिक न्यूरोको ल्याबमा १ सय देखि १ सय ५० जनाको परीक्षण हुने गरेको छ । न्यूरोको कोभिड अस्पताल ५० शैयाँको संचालनमा छ ।