ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानका इन्टर्न चिकित्सकहरू पुन: ११ बुँदे मागसहित आन्दाेलनमा उत्रिएका छन् । करिब २ महिना अघि प्रतिष्ठान प्रशासनलाई ध्यानाकर्षण पत्र मार्फत आफ्ना मागहरू सम्बाेधन गर्न भनिए पनि हालसम्म ती मागहरूकाे सम्बाेधन नभएकाे भन्दै उनिहरूले प्रतिष्ठानका उपकुलपति कार्यालय अघि धर्ना दिएका छन्।

यस अघि इन्टर्न चिकित्सक तथा तत्कालिन प्रतिष्ठानका पदाधिकारीहरू बिच सहमति भए बमोजिम जीवन निर्वाह भत्ता नआएकाे भन्दै आन्दाेलनमा उत्रनु परेका उनिहरूले बताएका छन् ।

नियमित जीवन निर्वाह भत्ता पाउनुपर्ने समयको १२ दिन पश्चात सहमती बिपरीत पहिलेकै नियम अनुसार भत्ता आएपछि आन्दाेलन गर्न बाध्य भएकाे आन्दाेलन अगुवाई गरिरहेकाे इन्टर्न संघर्ष समितिले एक विज्ञप्ति जारी गर्दै जनाएकाे छ । 

उक्त विज्ञप्तिमा असोज १४  र १८ गते प्रतिष्ठान प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाइसकेपछि पदाधिकारीहरूले दिएकाे आश्वासन बमोजिम नै पूर्व निधारित आन्दोलनका कार्यक्रम फिर्ता लिए  नियमित काम फर्कीएकाे भएपनि मागहरूकाे सम्बोधनको सुनिश्चितताका लागी पटकपटक  उपकुलपतिलाई भेट्न र छलफलको निम्ति समय मिलाउन आग्रह गरेपनि उपकुलपतिबाट छलफलकाे प्रयास सम्म नगरकाे बताएका छन् । 

प्रतिष्ठानका पदाधिकारीले दिएकाे आश्वासन बमोजिम भत्ता नआएपछि आज बिहान देखी  इन्टर्न मार्फत् हुने सम्पूर्ण सेवा सुविधाहरू माग पूर्ण रुपमा कार्यान्वयन नहुदाँ सम्मका निम्ति स्थगित गरिएको विज्ञप्तीमा जनाइएकाे छ  ।
 
समितिले इन्टर्न चिकित्सकहरू र तत्कालिन प्रतिष्ठानका पदाधिकारीहरू बिच सहमति भए बमोजिम जीवन निर्वाह भत्ता नेपाल सरकारको ८ औँ तहको ५० प्रतिशत कार्यान्वयन हुनुपर्ने ।,  पहिलेकै सहमति बमोजिम जीवन निर्वाह भत्तामा ३० महङ्गी भत्ताको व्यवस्था भए बमोजिम नै कार्यान्वयन हुनुपर्ने । 
 
तथा, नाइट डिउटि हुँदा खाजाका निम्ति जीवन निर्वाह भत्तामै थप १ हजार प्रदान गर्नुपर्ने । ,  जीवन निर्वाह भत्तामै समाबेस गर्ने गरी माक्स, स्यानिटाइजर, फेस सिल्ड लगायत सामाग्रीहरुको लागि न्यूनतम थप १ हजार रुपैया व्यवस्था गरिनुपर्ने लगायत ११ बुँदे मागहरु राखेका छन् ।