धरान । धरान उपमहानगरपालिकाले वीपी प्रतिष्ठान धरानका माईक्रोलोजी विभागलाई वासिङ् मेशिन (कपडा धुने) सहयोग गरेका छन् ।

आज धरान उपमहानगरका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले प्रतिष्ठानका माईक्रोलोजि विभागलाई एलजी कम्पनिको वासिङ मेशिन हस्तान्तरण गरेका हुन् । एक लर्टमा ८० केजिसम्म कपडा धुन सक्ने यस वासिङ मेशिन प्रतिष्ठानको माईक्रोलोजि विभागलाई सहयोग गरेको भन्दै धरान उपमहानगरलाई उपकुलपति डा. ज्ञानेन्द्र गिरीले धन्यवाद दिए ।

धरान उपमहानगरले उपलब्ध गरएको वासिङ मेशिनले पिसिआर परिक्षण गर्दा प्रयोग गरिएको कपडालाई पुनः धोएर लगाउन ठुलो राहत मिलेको माईक्रोलोजी विभागका एडिसनल प्रोफेसर डा. नारायणराज भट्टराईले बताए । हिजो मात्रै माईक्रोलोजी विभागलाई रोट्री क्लब विराटनगरले रियल टाईम पिसिआर मेशिन सहयोग गरेका थिए ।