ब्लाष्टखबर । प्रतिबन्धित औषधिसहित विराटनगरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर उपमहानगरपालिका १३ स्थित सैनिक टोलका २६ वर्षीय नरेश यादव रहेको माेरङ जिल्ला प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

यादवलाई विभिन्न १४ प्रकारका प्रतिवन्धित औषधिहरू भन्सार छलि गरी भारतको जोगबनीबाट ल्याई लुकाएर राखेको अवस्था प्रहरी टोलीले बरामद औषधी सहित यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनको घरको कम्पाउड भित्रबाट अफ्रीडोल इंजेक्शन १०० पिस, एम प्रिसोल ४० इन्जेक्सन ३५० पिस, टेकोप्लानिन इन्जेक्शन ५० पिस, साइटिकोलिन इन्जेक्शन १०० पिस, कोलिस्टिमेनेट सोडियम इन्जेक्शन ५० पिस, मेथिलप्रेडिसोलोन सोडियम सुकिनेट ६० पिस, नियोपरेट ५ मिलिलिटर २०० पिस,अक्ट्रेओटाइड इंजेक्शन १०० पिस, ओकरोन १०० १५६ पिस, रिमिडिसिभिर इंजेक्शन १०० मिलीग्राम र वायल ९ पिस, सुकेलसुस्नियल चेलिन इंजेक्शन अाइपि १०० पिस, रेमेडेसिभिर इन्जेक्शनका (रिमडाक) २ पिस, इपेफिटपिएफस ४०० अयु १।० लमलिलिटटर २४ पिस,डोक्सीसाइक्लिन ४२१ पिस, स्टेरिली वाटर इन्जेक्शन आईपी ४३८ पिस बरामद गरेको उक्त कार्यालयले जनाएको छ ।

बरामद औषधी सहित यादवलाई आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था विभाग विराटनगरमा बुझाउने कार्य भई रहेको कायार्लयले जनाएके छ ।