विराटनगर/ भारतदेखि तस्करी गरि ल्याएको औषधी मोरङ प्रहरीले छापा हानेर बरामद गरेको छ ।

तस्करी गरि ल्याएको औषधी विराटनगर – १३ नरेश यादवको घरमा भण्डारन गरि राखिएको औषधी बरामद गरिएको हो ।

यादवले घरमा लुकाएको ठाउँबाट प्रहरीले चार कार्टुन औषधी बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । बरामद गरेको औषधी विभिन्न नाम गरेको छ । यस विषयमा औषधी व्यवस्था विभाग विराटनगरले थप अनुसन्धान गर्ने बुझिएको छ ।

यादवले विराटनगरका केही फार्मेशीले मगाएको औषधी तस्करी गरि ल्याएको प्रहरी स्रोतको दाबी छ । बरामद औषधी विराटनगरको दक्षिण क्षेत्रमा रहेका फार्मेशीको रहेको प्रहरीले स्रोतले जानकारी दिएको छ ।

यस विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । ‘भारतदेखि तस्करी गरि ट्याक्टरमा औषधी ल्याएको विशेष सूचना आएपछि प्रहरीले निगरानी बढाएको थियो,’ सुरक्षा स्रोतले भन्यो, ‘यादवले फार्मेशीले मगाएको ठाउँमा तस्करीको औषधी पु¥याए वापत निश्चित रकम दिने गरेका रहेछ ।’

बालुवा, गिटीको कारोबार समेत गर्दै आएका यादवको ट्याक्टरमा मुनिबाट औषधीको कार्टुन र माथिबाट पराल राखि भारतदेखि औषधी तस्करी गरि ल्याउने गरेको विशेष सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो ।

यादवको घरबाट औषधी बरामद भएपछि उनी फरार छन् । प्रहरीले उनको खोजी कार्य तिव्र बनाएको छ । प्रहरीले छापा हानेर औषधी बरामद गरेपछि मोरङ प्रहरीबाट खटिएको सिआरबी टोलीलाई यादवले धम्की पनि दिएको प्रहरीले जनाएको छ ।