ब्लाष्टखबर । उदयपुर जिल्लाकाे ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट हुँदा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले बताएका छन्।

गराति करिब १ बजे र कार्यालयको हेल्प डेक्स रहेको स्थानमा विस्फोट भएकाे थियाे । विस्फोटबाट कार्यकक्षको भित्र रहेका कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफका साथै ढोका, झ्यालमा पनि क्षति पुगेकाे एसपी दाहालले बताएका छन् । 

बम विस्फोट भएकाे स्थानमा अर्काे पनि बम फेला परेकाेले नेपाली सेनाको टोलीले डिस्पोज गरेको दाहालले बताएका छन् ।   गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बम किन र कस्ले विस्फोट गराएको भन्ने बारेमा कुनै जानकारी नभएकाे बताएका छन्  ।