धरान/ त्रिभुवन विश्वविद्यालयले विभिन्न सङ्काय अन्तर्गत चौथो सेमेष्टरको परीक्षाको मिति तय गरेको छ ।

यही मङ्सिर २८ गतेबाट एक महिनासम्म विभिन्न सङ्कायको परीक्षा हुने भएको त्रिवि डिन कार्यालयले जनाएको छ । जसमा शिक्षाशास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको परीक्षा हुने भएको हो ।

स्नातक र स्नातकोत्तरको परीक्षा मङ्सिर २८ गतेबाट सञ्चालन हुन लागेको हो । बीबीएस, बीएड, चार वर्षे बिएस्सी, मानविकीको परीक्षा हुन लागेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

परीक्षाको कार्यतालिका कार्यालयको वेबसाइटमा गएर हेर्न सकिने जनाइएको छ । परीक्षा फारम भर्न छुटेका विद्यार्थीहरूको हकमा पनि दोब्बर दस्तुर तिरेर मङ्सिर ८ गतेसम्म फारम भर्नका लागि पनि सूचित गरेको छ ।