विराटनगर । मोरङको रतुवामाई नगरपालिका ८ बाट तास तथा जुवा खेलिरहेका १६ जना पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

शुक्रवार राती साँढे ११ बजे स्थानीय सागर गड्तौलाको घरमा जुवा तास खेलिरहेको भन्ने सूचनाका आधारमा मोरङ प्रहरीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेहरुमा रतुवामाई नगरपालिका ७ का ४७ बर्षीय डिल्लीराम चौलागाई, ३५ बर्षीय मोती पौडेल, ४३ बर्षीय रामनाथ मैनाली, ४१ बर्षीय देबी प्रसाद प्रसाई, ३७ बर्षीय रामनाथ नेपाल, ४५ बर्षीय हेमलाल प्रसाई, ४० बर्षीय नारायण चुडाल, रतुवामाई नगरपालिका ८ का ४४ बर्षीय सन्त ब.राई, ३५ बर्षीय सागर गडतौला, ४५ बर्षीय दिपक ढुङगाना, ४५ बर्षीय देबराज घिमिरे, ३८ बर्षीय अशोक भट्टराई, ३९ बर्षीय राजन हस्ता सतार, ४५ बर्षीय गोपी पराजुली, ३६ बर्षीय रबिन पोखरेल र बेलबारी नगरपालिका ७ का २२ बर्षीय गणेश श्रेष्ठ रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट एक लाख ६९ हजार ६ सय ९५रुपैयाँ र कौडा १६ थान, एक बुङ तास, मोबाइल फाेन थान १६, मोटरसाईकल १९ वटा र २ वटा कार पनि बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । पक्राउ परेका १६ जनालाई प्रहरीले जुवा जुवा ऐन अन्तर्गत म्याद थप गरि अनुसन्धान सुरू गर्ने तयारी गरेको बुझिएको छ ।