ब्लाष्टखबर । उदयपुरको त्रियुगामा दुर्लभ वन्यजन्तु सालकको खपटासहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-१४ का ४१ बर्षीय पहलमान कट्वाल रहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
 
कार्यालयका अनुसार साउनेबाट गाईघाट तर्फ आउँदै गरेकाे कट्वालले चलाएकाे स १ ह २६९० नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा नगरपालिकाकाे ११ नम्बर वडामा अटोको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा ३ सय ८० ग्राम दुर्लभ वन्यजन्तु सालकको खपटा बरामद गरेको हो ।
 
बरामद दुर्लभ वन्यजन्तु सालकको खपटासहित कट्वाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।