भद्रपुर । झापाको टाघनडुब्बा स्थित लसुनागञ्ज हुदै भारतको डिगल बैङ्क नाकाबाट ठुलो परिमाणमा तस्करी भइरहेको व्यापारिक स्रोतले जनाएको छ । नेपालका बब्लु र भारत तर्फका मज्जर मियाँ र स्थानीय लोकेश नाम गरेका व्यत्तिहरुको संलग्नतामा तस्करी हुने गरेको पाइएको छ ।

एक हप्ता यताबाट सो नाका प्रयोग गरेर मटर, सुपारी छोगडा नेपालबाट भारत पठाउदै आरहेका छन् । सोही समूहले भारतबाट कपडा लगायत विभिन्न सामान नेपाल भित्र्याउने गरेको स्रोतले दाबी गरेको छ ।

दैनिक राति साढे १० बजेबाट काम हुने गरेको छ । एकरातमा २२ सय बोरा सामान भारत पठाउँदै आइरहेका छन् । भारतबाट करिब डेढ सय कामदारले साइकल मार्फत सामान ओसार – पसार गर्दै आइरहेको कारोबारीमा संलग्न एक कारोबारीले जानकारी दिए । विर्तामोडका व्यापारी राठी थरका व्यापारी यो कारोबारमा संलग्न रहेको बुझिएको छ ।
कोरोना भाइरसका कारण सीमा नाका बन्द भएपनि तस्करी भने रोकिएको छैन । झापाको १४४ किलोमीटर खुला सीमा नाका छ । जिल्ला स्थिीत सुरक्षा प्रमुखलाइ जानकारी नदिइ स्थानीय प्रहरीको मिलोमतोमा तस्करी गतिविधी हुने गरेको छ ।

लसुनाबाट तस्करी भइरहेको विषयमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट विओपीका इन्सपेक्टर सचिन प्रधानले यो काम हुनै नसक्ने ठोकुवा गरेका छन् । यो जानकारी सवै झुटा भएको उनले दाबी गरे ।