धरान । जुवा खेलिरहेको अवश्थामा धरानबाट सात जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान उपमहानगरपालिका वडा नं.१५ स्थित सुरेश लिम्बुको घरमा जुवा खेलिरहेको अवश्थामा बुधबार राती ११:३० बजे उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा धरान १५ बस्ने बर्ष ४२ का राजकुमार लिम्बु, धरान १३ बस्ने बर्ष २९का दिपेन्द्र लिम्बु, धरान १९ बस्ने बर्ष ३७ का खगेन्द्र भन्ने धनेन्द्र लिम्बु, धरान १८ बस्ने बर्ष ३७ का प्रेमकुमार लिम्बु, मोरङको सुन्दरहरैचा ११ घर भई हाल धरान ३ बस्ने बर्ष ३७ का युबराज आङ्देम्बे, टिकाराज आङ्देम्बे लगायत छन् ।

जुवा खालमा खानतलासी गर्ने क्रममा नगद एकलाख उनान्नब्बे हजार दुई सय पन्ध्र, कौडा १६ थान समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट म्यादथप अनुमती लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।