ब्लाष्टखबर । ईनरुवामा लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ ईनरुवा नगरपालिका ६ बाट ४ जना पक्राउ गरेकाे हाे । पक्राउ पर्नेहरूमा साेहि ठाउँका नारायण खड्का, सुनिल मोची, सुरेस मोची र निसान मगर रहेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएका छ ।
 
प्रहरीले उनिहरूकाे साथबाट डाइलाेक्स डिसी १०० मिलि लिटरकाे १४ बाेतल, स्पास्माे प्राेक्सिभाेन ८ क्याप्सुल, निट्राभेट १० लेखिएको  १५ ट्याब्लेट ५ थान माेबाइल र  प्रदेश १०-०२०४१ प ९२७ नम्बरको मोटरसाईकल  बरामद गरेकाे  उक्त कार्यालयले जनाएकाे छ । 
 
यसैगरी, आज बिहान   ईनरुवा नगरपालिका-१० बाट हरिनगर गाउपालिका-४ का २७ बर्षीय नौसाद अन्सारीलाई डाइलाेक्स डिसी १०० मिलि लिटरकाे ३९ बाेतल
स्पास्माे प्राेक्सिभाेन ७२ क्याप्सुल,निट्राभेट १० लेखिएको ७७ ट्याब्लेट र १ थान मोवाइल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
 
पक्राउ परेका पाँचै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेकोकार्यालयले जनाएको छ ।