ब्लाष्टखबर । धरान  स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा बराहक्षेत्रका काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बराहक्षेत्र ५ का १९ बर्षीय युवतीकाे मृत्यु भएकाे प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार हिजाे शुक्रबार काेराेना संक्रमण पुष्टि भएसंगै साेहि दिन प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना गरिएकाे थियाे । मृतक पाँचौं दिनको सुत्केरी रहेकाे डा. श्रेष्ठले बताएका छन् ।