भण्टाबारी । एसपीको मान्छे भन्दै रकम असुली गर्ने एकजना पक्राउ परेका छन् ।
 
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाको खास मान्छे भन्दै विभिन्न व्यक्तिबाट अवैध रूपमा रकम असुल्ने व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ् ।
 
स्पेसल घुमुवाका रूपमा एसपी सा`बले आफूलाई खटाएको भन्दै सर्वसाधारणबाट गैरकानुनी रूपमा रकम असुल्ने विकास भनिने विक्रम गुप्तालाई शुक्रबार पक्राउ गरिएको सुनसरीका एसपी कमल थापाले जानकारी दिए । पक्राउ परेका व्यक्तिले आफू एसपीको स्पेसल घुमुवा भएको र ठुला मुद्दा मात्र हेर्ने गरेको भन्दै आफूबाट रकम मागेको एकजना व्यक्तिले बताएका छन् ।
 
सदरमुकाम इनरुवादेखि भण्टाबारी लगायतका क्षेत्रमा व्यापारी तथा सर्वसाधारणबाट केही व्यक्ति गैरकानुनी रूपमा रकम असुलेको गुनासो आएपछि अनुसन्धान गर्दै जादा गुप्तालाई नियन्त्रणमा लिएको एसपी थापाले बताए । सदरमुकाम इनरुवाका एकजना व्यवसायीबाट पक्राउ परेका गुप्ताले पेट्रोल समेत मागेको बताइएको छ । अवैध रूपमा रकम असुली सर्वसाधारण तथा व्यवसायीलाई अनावश्यक दुख दिने गुप्तालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।