विराटनगर/ अवैध रूपमा चोरी तस्करी गरि नेपाल प्रवेश गराएको पटका सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भारतबाट अवैध रूपमा ल्याउँदै गरेको पटका सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भुटहा जहदाले बरामद गरेको हो । सशस्त्र प्रहरी बिओपी भुटहा जहदाका सशस्त्र प्रहरी निरीक्षक जंग बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले मोरङको जहदा गाउँपालिका १ भुटहाबाट बरामद गरेको छ । सशस्त्र प्रहरी खोसार्नी पटेक १० बन्डल (सात हजार पिस), झिरझिरे २० बन्डल, रकेट पटका ५० पिच, फुलजरी ७० पिस गरि ३३ हजार ५ सय पटका बरामद गरेको हो ।

बरामद गरेको पटका सशस्त्र प्रहरीले स्थानिय जनप्रतिनधीको रोहबरमा खाल्टो खनि नष्ट गरेको छ । झिलीमिलको पर्वको रूपमा मनाइने तिहार पर्व भित्रिएपछि भारतबाट चोरी तस्करी गरि पटका नेपाल भित्रने गरेको छ । सुरक्षा निकायको आँखा छल्न उनीहरूले विभिन्न जुक्ति अपनाएन अवैध पटका भित्राउने गरेका छन् । केही दिन अगाडी मोरङ प्रहरी र इलका प्रहरी कार्यालय रंगेलीले पनि अवैश पटका बरामद गरेको छ ।