ब्लाष्टखबर । विराटनगर १६ दरैयाबाट प्रहरीले भन्सार छलेर अवैध रुपमा ल्याएको कपडा र लेडिज चुरा बरामद गरेकाे छ ।

भारतिय बजार जाेगमुनीबाट भन्सार छलेर कपडा तथा चुरा ल्याएको सुचनाका आधारमा दरैया स्थित २५ बर्षीय राहुल रायकाे घरमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएकाे प्रहरी टाेलीले छापा मार्ने क्रममा १ लाख ६७ हजार ३ सय रुपैया बराबरको कपडा र  चुराहरु बरामत गरेकाे उक्त कार्यालयले जनाएकाे छ ।  

2

बरामद गरिएकाे सामानसहित रायलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय रानी बुझाइएको  कार्यालयले जनाएको छ ।त्यस्तै, बुधबारनै भन्सार छलेर ल्याएका कपडा तथा किरानाका सामानहरु बरामदकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ । करिब १ लाख ४५ हजार ३ सय बराबरको उक्त सामान विराटनगर ९ मा सडक किनारामा फेला परेकाे कार्यालयले बताएकाे छ । 

बेवारिसे अवस्थामा बरामद भएकाे  उक्त सामानलाई पनि रानीस्थित भन्सार कार्यालयमा बुझाइएको कार्यालयले जनाएको छ ।