ब्लाष्टखबर । बैकिङ कसुरका फरार अभियुक्तलाइ प्रहरीले  ९ महिनापछि पक्राउ गरेकाे छ । 
 
०७६ साल माघ १९ गते  उच्च अदालत पाटन १८ लाख जरिवाना र ४ दिन कैद फैसला सुनाएका फरार अभियुक्त ललितपुर महानगरपालिका १३ रानीबु बस्ने वर्ष ६४ को गम प्रसाद पुनलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका उक्त कार्यालयले जनाएकाे छ । 
 
कार्यालयका अनुसार पुनलाई रानीबुबाट मंगलबार अपरान्ह ५ बजे पक्राउ गरेकाे हाे ।  पक्राउ परेका पुनलाई आबश्यक कारबाहीको लागि  उच्च अदालत पाटन पठाईएको  उक्त कार्यालयले जनाएकाे छ ।