झापा । झापामा लागुऔषध खैरोहिरोईन (ब्राउनसुगर) सहित चार जना पक्राउ परेका छन ।
 
पक्राउ गर्नेमा बिर्तामोड-२ फुलबारी टोलका ३१ बर्षीय संजय कुमार राजबंशी, २५ बर्षीय मोहन कुमार ओली, २४ बर्षीय दयालाल राजबंशी र २० बर्षीय अरुण कुमार राजबंशी रहेका छन् । 
 
उनिहरुलाई हिजो अपरान्ह प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले साेहि ठाउँबाट पक्राउ गरेको उक्त कार्यालयले जनाएकाे छ । 
पक्राउ परेका उनिहरूकाे साथबाट ५ ग्राम ७०० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको  कार्यालयले जनाएको छ ।
 
पक्राउ परेका चारै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।