मधुमल्ला / मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ मा सोमबार बाट वडा स्वास्थ्य चौकीको सेवा सुचारु भएको छ । सोमबार एक औपाचारीक कार्यक्रमको आयोजना गरि नागरिकहरुका लागि स्वास्थ्य सेवा सुचारु गरिएको वडाध्यक्ष नविन कार्कीले बताए ।

नागरिकहरुका लागि सहज र सरल रुपले स्वास्थ्य सेवा पुर्याउने उदेश्यका साथ वडा स्वास्थ्य चौकीको सेवा सुचारु गरिएको वडाध्यक्ष कार्कीले बताए । हाललाई वाढा स्वास्थ्य चौकीको सेवा मिक्लजुङ ८मा रहेका गाउँघर स्वास्थ्य क्लिनीक बाट कार्यालय समय अनुसार सर्वधारणहरुले पाउनेछन ।

वडा स्वास्थ्य चौकीमा दुई जना स्वास्थ्य कर्मी सहितको सेवा सुचारु गरिएको छ । वडा बासीहरुले अब कार्यालय समयमा गाउँबाटै स्वास्थ्य सेवा पाउने बताईएको छ । वडा स्वास्थ्य चौकीको अत्याधुनीक भवन समेत निर्माणाधिन अवस्थामा रहेकाले निर्माण सम्पन्न हुन साथ नयाँ भवन बाट सेवा सुचारु हुने बताइएको छ ।