भण्टाबारी/ सशस्त्र प्रहरीले सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ५ बाट २० हजार बराबरको पटका बरामद गरी नष्ट गरेको छ ।

भारतीय बजारबाट चोरबाटो हुँदै नेपाल भित्र्याइएको २० हजार बराबरको विभिन्न प्रकारका पटका सशस्त्र प्रहरी बल बिओपी श्रीपुरबाट इन्स्पेक्टर पूर्ण दाहालको कमाण्डमा खटिएको टोलिले सोमबार पटका बरामद गरी नष्ट गरेको हो ।

बरामद गरिएको पटका स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी,संचारकर्मी लगायतको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ । चाडपर्व नजिकै गर्दा जिल्लाको सीमावर्ती क्षेत्र हुँदै भारतीय बजारबाट लुकिछिपि पटकाजन्य पदार्थको तस्करी हुने गरेको छ ।