धरान । धरान–१३ का एक युवा वराहक्षेत्र नगरपालिकाबाट शनिबार लागूऔषधसहित पक्राउ परेका छन् ।

धुवनस्थित प्रहरी चौकीको टोलीले कालो प्लाष्टिकको झोलामा बोकेर हिँडिरहेको अवस्थामा लागूऔषध बरामद गरेको हो । धरान–१३ सुम्निमा चोकका २३ वर्षीय सिचम्बर राईलाई पक्राउ गरिएको जिल्ला प्रहरीले कार्यालयको सूचना शाखाले जनाएको छ ।

उनको साथबाट प्रहरीले सय एम्पुल डाइजेपाम, सय एम्पुल लुपिजेसिक, सय एम्पुल फेनारगन बरामद गरिएको जनाइएको छ । उनीमाथि लागूऔषध नियन्त्रण ऐन–२०३३ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।