ब्लाष्टखबर । जर्बजस्ती करणीकाे आरोपमा सुनसरीकाे देवानगंज गाउँपालिका एक व्याक्ती पक्राउ परेका छन् । पक्राउ पर्नेमा गाउँपालिका ६ का महेन्द्रप्रसाद मेहता रहेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विभिन्न प्रलाेभन देखएर नशालु पदार्थ सेवन गराइ पटक–पटक जर्बजस्ती करणीकाे भन्ने पीडित महिलाकाे उजुरीकाे अाधारमा   मेहतालाई पक्राउ गरिएकाे कार्यालयले जनाएको छ ।

पक्राउ परेका मेहतालाई मुलुकी अपराध संहिता ऐन २०७४ वमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।