धरान । जिपमा अवैधरुपमा मृत चित्तलसहित पक्राउ परेको मोरङ पथरीशनिश्चरे–१ का शम्भु बुढाथोकीलाई छुटाउन विभिन्न नेताहरुले चर्को दबाब दिइरहेको बुझिएको छ ।

बुधबार ५ दिन म्याद थप गरी अनुसन्धानको लागि सव डिभिजन कार्यालयको हिरासदमा रहेका बुढाथोकी र जिपलाई तत्काल छाड्न चर्को दबाब आइरहेको सव डिभिजन वन कार्यालय कानेपोखरीका कर्मचारीहरुले बताएका छन ।

बुढाथोकीलाई म्याद थप गर्न अदालत लाँदा केही स्थानीय नेता अर्को गाडी लिएर अदालत पुगेका थिए । उनिहरुले सोही गाडिमा शम्भूलाई चडाउन खोजे पनि आफूले नमानेको डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख तुलसीलाल यादवले बताए ।
बताए ।

उनिहरुले पक्राउ परेका दिन इलाका प्रहरी कार्यालय पथरी पुगेर छाड्न दवाब दिएका थिए । जंगली जनावर वन कार्यालय अन्तरगत पर्ने भएकोले वनमा बुझाएपछि केही टोलि मुद्दा चलाउने सब डिभिजन वन कार्यालय कानेपोखरी धाएर मिसिल कमजोर बनाउन दबाब दिदै आएको बुझिँएको छ ।

वनको नियन्त्रणमा रहेको बुढाथोकी पुरानो कार, जिप खरिद बिक्री गर्दै आएका ब्यबसायी हुन । उनी आफैले प्रयोग गर्दै आएको प्रदेश नम्बर १–०२००२ च ३७०० नम्बरको महेन्द्रा कम्पनीको कालो जिपमा मारेको (शिकारीले मारेको जस्तो देखिने) ३० किलोको पोथी चित्तल सहित इप्रका पथरीले पक्राउ गरी वन कार्यालयलाई बुझाएको थियो ।

मृग बोक्न प्रयोग भएको कार करिव ३५ लाख मूल्र्य पर्ने बताइएको छ ।वन ऐन २०७६ दफा ४९ खण्ड (त)ले सिकार खेल्ने, वन्यजन्तुको आखेटोपहार राख्ने, ओसारपसार गर्ने वा विक्रि वितरण गर्ने गरेमा वन्यजन्तु संरक्षण सम्बन्धी प्रचलित कानुन बमोजिमको सजाय हुनेछ साथै ओसारपसारमा प्रयोग भएको साधन अवस्था हेरि जफतसम्म हुने ब्यबस्था छ ।

वनको नियन्त्रणमा रहेका बुढाथोकीलाई पाँच दिनको म्याद थपेर अनुशन्धान थालिएको सब डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख तुलशीदास यादबले बताए ।

पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाको उत्तर जंगल क्षेत्रमा पटक पटक जंगली जनावर हरिन, मृग, बाँदेलको चोरी सिकारीहरु पक्राउ पर्दै आएका छन ।

वन पैदावर चोरी गरि ओसारपसार गर्ने सयौ मालबाहक र सवारी साधनहरु जफतपछि लिलाम भएको, चोरी गर्नेलाई पुर्पुक्षमा जेल वा उच्च धरौटी खुलेको घट्नाहरु प्रसस्त छन ।

तर यो मुद्दा मृगलाई सवारी दुर्घटना परेको र प्रहरी कार्यालयमा बुझाँउन लगेको भन्ने नक्कली मिसिल तथा बयान गराएर आरोपित शम्भूलाई कम भन्दा कम जरिवान र सजायहुने गरि दबाब भएको बुझिएको छ ।

पथरी बजार घर भएका बुढाथोकीलाई गत १८ गते (मंगलबार) इलाक प्रहरी कार्यालय पथरीले पूर्वपश्चि राजमार्गको कानेपोखरी जंगलमा पक्राउ गरी सब डिभिजन वन कार्यालय कानेपोखरीलाई बुझाएको थियो ।

पथरी प्रहरी प्रमुख डीएसपी दिलिपकुमार गिरीले गोप्य सूचना आएपछि चेक पोइन्ट थापेर मृत चित्तल, जिप र बुढाथोकी पक्राउ गरेको बताएका छन् ।

 

 

 

 

 

००००००००००००००००००००००००००००
मृत चित्तल सहित पथरीका एक जना व्यापारीलाई मोरङको कानेपोखरी जंगलबाट इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कानेपोखरी–७, स्थित छधाँरे पूर्वबाट पथरीशनिश्चरे–१ बस्ने शम्भु बुढाथोकीलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो ।

मंगलबार दिउँसो १ बजेको समयमा प्रहरले सूचनाको आधारमा बुढाथोकीले प्रयोग गरेको प्रदेश १–०२००२ च ३७०० नं. को महेन्द्रा कम्पनीको कालो जिपमा राखेर ल्याएको लगभग ३० केजीको पोथी हरिण पक्राउ गरेको डिएसपी दिलिप कुमार गिरीले बताए ।

पक्राउ पछि इप्रका पथरीले मुजुल्का बनाएर कारवाहीको लागि मृत चित्तल र शम्भु बुढाथोकीलाई सब डिभिजन वन कार्यालय कानेपोखरीलाई साँझ ४ बजे जिम्म दिएको डिएसपी गिरीले बताए । पक्राउ गरिएको जिप भने इप्रका पथरीमै राखिएको छ ।

अनुसन्धान गरी कारवाहीको लागि बुढाथोकीलाई सव डिभिजन कार्यालय बेलबारीको हिरासदमा राखिएको सब डिभिजन वन कार्यालय कानेपोखरीका वन अधिकृत तुलसिदास यादवले बताए । अधिकृत यादवका अनुसार बुढाथोकीलाई वन्यजन्तु चोरी सिकारी अन्तरर्गत मुद्दा चलाउने तयारी रहेको बताए ।

कानेपोखरी चोक देखि पूर्व राजमार्गमा सवारी साधनको ठक्करबाट चित्तलको मृत्यु भए पछि चित्तल लिन पथरीबाट जिप ल्याएर बुढाथोकीले उठाएर लगेको हुन सक्ने बताए पनि त्यसको सत्य के हो भन्ने बारेमा अनुसन्धान भैरहेको वन अधिकृत यादवले बताए ।