विराटनगर/तस्करले गोप्य अङ्गभित्रको वस्त्रमा लुकाएर ल्याएको २४ तोला सुन र हुण्डीको रकम प्रहरीले एकसाथ नियन्त्रणमा लिन सफल भएको छ ।

प्रहरीको आँखा छल्नका लागि ‘अण्डरवेयर’ भित्र लुकाएर ल्याइएको सुन र मोजाभित्र राखिएको हुण्डीको रकम बरामद गर्न सफल भएको हो । प्रहरीले हुण्डीको ६ लाख ६२ हजार ६५० रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीले २५ वर्षीय भारतीय नागरिक दीपककुमार भगतलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) रानीले विराटनगर–१७ इलास्मपुरबाट भारतको अररिया जिल्लास्थित जोगवनी नगर पञ्चायत १३ घर भएका भगतलाई बिहीबार साँझ नियन्त्रणमा लिइएको हो । काँचो सुनलाई तयारी सामग्री बनाएर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।