बिराटनगर । झापा र मोरङका बिभिन्न स्थानहरुबाट ठुलो परिणाममा अतिसबाजी पटका सहित ४ जना मानिस पक्राउ परेका छन् । सुनसरीको ईटहरी उप-महानगरपालिका-८ बाट बिहिबार राती १० बजे ४ बोरा पटका सहित ४ जना पक्राउ परेका हुन् ।
 
ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ईनरुवा नगरपालिका-९ का २२ बर्षीय सतस अन्सारी, हरिनगर गाउँपालिका-२ का २० बर्षीय दिनेश राम, ईटहरी-१३ का ३० बर्षीय रन्जित सरदार र ईटहरी-१२ की ३२ बर्षीया शान्ता कुमारी चौधरीलाई पक्राउ गरेको हो ।
 
123599645_3345269635570768_2307085028168547477_n
 
को १ ह ७२६० नम्बरको टेम्पो र को २२ प ३००२ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई ठुलो परिणामको पटका सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
 
यसैगरी प्रहरी चौकी बाहुनीडाँगीबाट खटिएको प्रहरी टोलीले बिहिवार राती मेचीनगर नगरपालिका-५ बाट करिव ३ लाख ३० हजार बराबरको पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।