ब्लाष्टखबर । अमेरिकामा राष्ट्रपतीय चुनावकाे मतगणनाकाे पछिल्लाे अपडेट अनुसार डेमोक्रयाटिक उम्मेदवार जो बाइडेनले निर्वाचित हुने सम्भावनाकाे नजिक पुगेका छन् ।

बाइडेनलाइ जितका लागि अब मात्र ६ इलेक्टरल कलेज मतकाे आवश्क रहेकाे छ ।  कुल ५३८ इलेक्टरल मत मध्याे जितका लागी २७० इलेक्टरल  मतकाे आवश्कता पर्दछ ।

हालसम्म  बाइडेनले २६४ इलेक्टरल मत हासिल गरेका छन् भने, डाेनाल्ड ट्रमले भने २१४  इलेक्टरल मत हासिल गरेका छन् । यस अङिनै आफूले जितिसकेकाे दावा गरेका ट्रपले जितकालागी ५६ मत पछि रहेका छन् ।

मतगणना चलिरहदाँ ट्रप अन्य ४ राज्यमा अग्रस्थानमा रहेका भएपनि ती ४ राज्यमा जित हासिल गरेपनि ५४ मत मात्र प्रप्त हुने छ । याेसंगै उनिसंग कुल मत २६८ मात्र हुने भएकाले  २ मतले पछि पर्ने देखिन्छ । 

यता, बाइडेनकाे  नेवादा राज्यमा अग्रता रहेकाे छ । यदि उनले नेवादामा मात्र जित हासिल गरेभने पनि उनले अमेरिकाकाे राष्ट्रपति पदमा निर्वाचित हुन पर्यापत ६ मत प्राप्त गर्ने छन् ।