मधुमल्ला/ मोरङ मिक्लाजुङ गाउँपालिकामा समुदाय स्तरमै कोरोना फैलीएको छ । पछिल्लो प्राप्त रिपोर्ट अनुसार मिक्लाजुङमा १० जनामा कोरोना पोजेटीभ देखीएको छ । मिक्लाजुङ गाउँपालिकाका बिभिन्न वडाका १० जनामा संक्रमण देखीएको हो ।
कार्तिक १६ गते आइतबार मिक्लाजुङ गाउँपालिका बाट ३१ जनाको पीसीआर परिक्षणका लागि प्रदेश प्रयोगशाला बिराटनगर पठाईएकोमा मंगलबार आएको रिपोर्टमा १० जनाको रिपोट पोजेटिभ आएको मिक्लजुङ गाउँपालिका स्वास्थ्य शाखा अधिकृत चिन्तामणी पोख्रेलले बताए ।
संक्रमितहरु होम आइसोलेसनमा बस्दै आएको पोख्रेलले बताए । पछिल्लो प्राप्त रिपोर्टलाई आधार मान्ने हो भने मिक्लजुङमा ३३ प्रतिसत जनसमुदायमा कोरोना संक्रमण भएको अनुमान लागाउन सकिन्छ ।
कोभिडको संक्रमण बढे संगै नेपाल सरकारले ५ बेढको अस्पताल संचालन गर्न अनुमती दिएकोमा मिक्लाजुङ गाउँपालिकाले स्थानीय स्रोत र साधनलाई प्रयोग गरी गाउँपालिकामा १० बेडको अस्पताल समते तयारी अवस्थामा राखेको छ । संक्रमणका कारण स्वास्थ्यमा समस्या देखीएका बिरामीहरुलाई औषधी उपचार सहित एमबिबिएस डाक्टर सहितको स्वास्थ्यकर्मीहरुको टोली तयारी अवस्थामा राखीएको मिक्लाजुङ गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
                    
        
                                        
                                                                                                
        































