ब्लाष्टखबर । अर्घाखाँचीमा काेराेना संक्रमण मृतकाे शव व्यावस्थापन गरेकाे ५ महिना पछि पुन : उत्खनन् गरिएकाे छ । 

गत जेठ २८ गते मृत्यु भएका  मालारानी गाउँपालिका ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको शव गाडेको ५ महिनापछि उत्खनन् गरेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको अन्नपूर्ण पाेष्टले उल्लाेख गरेकाे छ ।

पाेष्टका अनुसार मृत्युपछि शव व्यावस्थापनमा विवाद हुँदा  २ दिनसम्म दुई दिनसम्म खुल्ला चौरमा राखिएको थियो । परिवारकाे चाहना अनुसार शवकाे व्यावस्थापन नहुँदा तथा परम्परा अनुसार काजकिरिया गर्न पाएकाले ५ महिना पछि उत्खनन् गरेर अन्तिम  दाहसंस्कार गरिएको आफन्त प्रकाश खनालले जानकारी दिए ।