बेलबारी/कोरोना संक्रमित मोरङको उर्लाबारी ७ का ५८ बर्षीय एक पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ ।

मृगौला रोगीसमेत रहेका उनको आज विहान ९ः३५ बजे निधन भएको हो । उनको शवलाई प्लाष्टिकमा बेरेर अन्तेष्टिका लागि लगिएको छ । परिवारका सदस्य, जनप्रतिनिधि, सुरक्षाकर्मीहरुलगायतले शवको अन्तेष्टिको ब्यवस्थापनमा समन्वयकारी भूमिका खेलेका थिए । योसँगै उर्लाबारीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।