बेलबारी । बेलबारीमा २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र बाहुनीमा कार्यरत २ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले बताए । कात्तिक १३ गते स्वाब नमुना परिक्षणका लागि पठाइएका ४० जना मध्ये उनीहरुमा कोरोना संक्रमण पुष्टि भएका हो । संक्रमित स्वास्थ्यकर्मीहरु एक महिला र एक पुरुष रहेका छन् । स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो ।

सक्रिमित हुने दुई जना स्वास्थय कर्मी सहित ४० जनाको कातीक १३ गते स्वाब संकलन गरेर प्रदेश ल्याव बिराटनगरमा लगिएको थियो ।