बेलबारी । धरानबाट जुवा खेल्नका लागि मोरङको केराबारीमा सञ्चालित कालिज पालिएको एक फर्ममा पुगेर तास खेल्दै गरेको अवस्थामा मोरङ प्रहरीले सञ्चालक र धरानका तीनसहित पाँच जनालाई पक्राउ गरेको छ ।

शनिबार साँझ केराबारी–६ मा सञ्चालित हरि कृषि फर्मका सञ्चालक भूपेन्द्र भट्टराईको फर्ममा तास खेल्दै गर्दा धरानका तीनसहित पाँच जनालाई पक्राउ गरेको हो । धरान–१५ का ३६ वर्षीय अरुण केसी, ३८ वर्षीय सैलेश भुजेल र धरान–६ का ३६ वर्षीय हरि खत्री छन् । त्यस्तै केराबारी–६ का ४३ वर्षीय बेधराज मगर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रदेश १ प्रहरी र जिल्ला प्रहरीबाट खटिएको संयुक्त टोलीले १३ बुङ ताससहित २ थान स्कुटी, २ थान मोटरसाइकल बरामद गरेको छ । प्रहरीले ८ लाख ८९ हजार २५० रुपैयाँ नगद पनि बरामद गरेको छ ।