धरान । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मालाई कोरोना संक्रमणले सिकिस्त बनेपछि पाँच दिनदेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत छन् ।

उनको उपचारमा सहयोग गर्न सरकारलाई आग्रह गरिएको छ । उनलाई कात्तिक १ गते कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका थिए । तर, उनलाई ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।

विक प्रतिनिधिसभाका सांसद्समेत हुन् । उनलाई आइसियुमा राखेर उपचार गरिँदै आएको छ । उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उपचारमा सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी आग्रह गरिएको हो ।

कात्तिक ९ गतेदेखि अस्पतालमा भर्ना भएका हुन् । सुरुवाती दिनमा वीर अस्पतालमा लगिए पनि त्यहाँ पनि ठीक हुने स्थिति नदेखिएपछि ग्राण्डी अस्पतालमा लगिएको हो । उनलाई फोक्सोमा निमोनिय र श्वासप्रश्वासनमा समस्या देखिएको छ । यसअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई फोन गरेर उपचारमा सहयोग गर्न आग्रह गरिएको थियो ।