विराटनगर । सुनसरीको धरानमा ३३ जना संक्रमित थपिएसँगै प्रदेश १ मा २२२ जना कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १२६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जना थपिएका हुन् । मन्त्रालयका अनुसार विराटनगरमा १०५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५५ महिला र ५० पुरुष छन् ।

मोरङको बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, सुन्दरहरैंचामा ३, सुनवर्षी, लेटाङ र जहदामा २–२, केराबारी, रंगेली र बेलबारीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा ३३, इटहरीमा १२, इनरुवामा ७, बराहक्षेत्रमा ३, बर्जु, गढी र दुहवीमा १–१ जना, झापाको दमक र बिर्तामोडमा ६–६, कन्काईमा ५, मेचीनगरमा ४, बुद्धशान्ति र भद्रपुरमा २–२, हल्दीबारी र शिवसताक्षीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

इलामको इलाम, माई र चुलाचुलीमा १–१, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार १७५ पुगेको छ ।

प्रदेश १ आज ३२ जना डिस्चार्ज भएका छन् । होटल एशियाटिक आइसोलेसनबाट १४, विराट मेडिकल कलेजबाट ९, न्यूरो अस्पतालबाट ५, मेची अस्पतालबाट ३, कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ८५० पुगेको छ ।

प्रदेश १ मा आज ८०३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १०५ महिला र ११७ पुरुषको रिपोट पोजेटिभ आएको हो । हालसम्म १ लाख ५९ हजार ७५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।