धरान । नेपालमा शनिबार २ हजार ५०८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ वटा स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएका हुन् । जसमा ९७६ महिला र १ हजार ५३२ पुरुष संक्रमित बनेका छन् ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १७ जनाको ज्यान गएको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९३७ पुगेको छ । देशभरि कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।