ब्लाष्टखबर। राउटे समुदायको सुरक्षाका लागि कोष निर्माण गर्ने भएको छ । कर्णाली प्रदेश सरकारले लत्ताकपडा, आवास र पोषणयुक्त खानेकुरा व्यवस्थापन गर्न कोष निर्माण गर्ने भएको हो ।

शनिबार सुर्खेतको चिङ्गाड गाउँपालिका–४ देउरालीमा रहेकाे राउटे बस्तीमा सामूहिक भोजन गराउँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस्तो घोषणा गरेका छन्। संघीय सरकारले सामाजिक सुरक्षाबापत प्रतिव्यक्ति मासिक रु तीन हजार प्रदान गर्दै आएको छ । कोषबाट प्रदेश सरकारले प्रतिव्यक्ति मासिक रु दुई हजार उपलब्ध गराउने भएकाे जनतासमाचारले उल्लेख गरेकाे छ ।

प्रदेशले प्रदान गर्ने रकम दैनिक उपभोग्य सामग्री र आवास व्यवस्थापनमा खर्च गरिनेछ । कर्णाली जङ्गलमा फिरन्ते जीवनयापन गर्ने समुदाय दक्षिण एशियाकै लोपोन्मुख आदिवासीमा पर्छ । हाल ४६ घरधुरीमा १ सय ५३ राउटे छन् ।