धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान ११ का कोरोना संक्रमितको मृत्यु भएको छ ।
धरान–११ की ५२ वर्षीया महिलाको आज ५ः०५ बजे निधन भएको हो । कात्तिक ३ गते कोरोना पोजेटिभ भएको थियो भने अस्पतालमा कात्तिक ५ गते भर्ना गरिएको बीपी प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतक महिलालाई उच्च रक्तचाप र मधुमेह रोगबाट ग्रसित थिइन् । शवको व्यवस्थापन नियमानुसार भइरहेको छ ।